बीमा संस्थानबाट देशभरका ४ शाखा कार्यालय र ६ कर्मचारी सम्मानित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बीमा संस्थानबाट देशभरका ४ शाखा कार्यालय र ६ कर्मचारी सम्मानित



काठमाडौं । राष्ट्रिय बीमा संस्थानले देशभरबाट ४ वटा शाखा कार्यालय र ६ वटा कर्मचारीलाई सम्मान गरेको छ । संस्थानले आज ५६ औ वार्षिक उत्सवको अवसरमा शाखा कार्यालय र कर्मचारीलाई सम्मान गरेको हो ।

संस्थान देशभरिमा रहेका शाखा कार्यालयहरु मध्य उत्कृष्ट काम कारबाहि गर्दै आएका ४ वटा शाखा कार्यालयलाई सम्मान प्रदान गरेको छ । जसमा काठमाडौं उपत्यका भित्रबाट लगनखेलमा रहेको शाखा कार्यालयलाई र उपत्यका बाहिरबाट नारायणगढ, पोखरा र बुटवल शाखालाई सम्मान गरेको छ ।

त्यसै क्रममा संस्थानले आफ्नो काम कारबाहि अनुशासनका साथ र इमान्दारिताका साथ गर्ने ६ जना उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । संस्थानले सहायक व्यवस्थापक राजकुमार भडेल, कामु सहायक व्यवस्थापक राम प्रसाद मिश्र, सहायक ‘ख’ अस्वीन पौडेल, सहायक ‘ख’ रञ्जना राई, सहयोगी कर्मचारी मध्येमा सवारी चालक मनिष श्रेष्ठ र कार्यालय सहयोगी चित्रकला न्यौपानेलाई नगद पुरस्कार सहित प्रशंसापत्र प्रदान गरी सम्मान गरेको हो ।

संस्थानले प्रत्यक वर्षमा आफ्ना उत्कृष्ट बीमा अभिकर्ता, कर्मचारी लगायत देशका विभिन्न स्थानमा रहेको शाखा कार्यालयलाई सम्मान गर्ने गरेको छ ।

प्रकाशित : ११ फाल्गुन २०७९, बिहीबार १६:३९