बैंकिङ कसुरको आरोप लागेका ठेकेदार मनोज भेटवाल पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैंकिङ कसुरको आरोप लागेका ठेकेदार मनोज भेटवाल पक्राउ



काठमाडौं । बैंकिङ कसुरको आरोपमा ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेका छन् । भेटवाललाई फागुन ११ गते बिहान उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध चेक बाउन्सको उजुरी परेको थियो ।

भेटवालकै निर्माण कम्पनी, जलेश्वर स्वछन्द विव्कोइ विल्डर्स कम्पनीले पुरानो बसपार्कमा भ्यू टावर बनाउने ठेक्का पाएको थियो । भेटवाल यसअघि पनि एपेक्स डेभलपमेन्ट बैंकमा भएको घोटाला प्रकरणमा पक्राउ परेका थिए ।

प्रकाशित : ११ फाल्गुन २०७९, बिहीबार १२:२०