आदर्श लघुवित्तकाे फागुन ३० गते साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आदर्श लघुवित्तकाे फागुन ३० गते साधारण सभा



काठमाडौ । आदर्श लघुवित्त वित्तीय संस्थाले फागुन ३० गते वार्षिक साधारण सभा बोलाएको छ । संस्थाको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले गौतम भिलेज रिसोर्ट, बनेपा न.पा. ११ सिनागल, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेबाट सुरु गर्ने निर्णय गरेको हो ।

सभामा यस संस्थाले २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५ प्रतिशत नगद लाभांश गरी जम्मा २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ ।

साथै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । साधारण सेयरधनीहरु मध्येबाट २ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव हुनेछ । सभाले डिप्रोक्स लघुवित्तले यस आदर्श लघुवित्तलाई १ बराबर १ को सेयर स्वाप रेसियोमा प्राप्ति गर्न स्वीकृति प्रदान गर्नेछ ।

सभा प्रयोजनका लागि संस्थाले फागुन १६ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन १५ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : ९ फाल्गुन २०७९, मंगलवार १२:५८