ऋण खाएपछि तिर्नुपर्छ तर बैंकले आफ्नो सिस्टम सुधार्नुपर्छ : दुर्गा प्रसाईं « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ऋण खाएपछि तिर्नुपर्छ तर बैंकले आफ्नो सिस्टम सुधार्नुपर्छ : दुर्गा प्रसाईं



काठमाडौं । चर्चित व्यवसायी दुर्गा प्रसाईंले ऋण खाएपछि तिर्नुपर्छ भन्ने विषयमा आफू क्लियर रहेको बताएका छन् । आर्थिक मिडिया सञ्चालक संघ (इमान) सँगको छलफलमा उनले आफूले अराजक गतिविधि नगर्ने समेत बताएका छन् ।

बैंकका म्यानेजरलाई कालोमोसो दल्ने अभियान पनि नहुने उनले बताए । ‘बैंकको ऋण तिर्नु पर्दैन भन्दिन, तिर्नुपर्छ’ प्रसाईंले भने, ‘हाम्रो अभियान भनेको बैंकको सिस्टम सुधार्ने अभियान हो ।’ कतिपय बैंकका कर्मचारीले ऋणीहरुलाई धम्काएको प्रति भने आपत्ति रहेको उनले बताए ।

आफू पनि बैंकको ऋणि रहेको भन्दै उनले नियमित रुपमा ब्याज बुझाइरहेको बताए । ठूला ऋणीलाई भन्दा पनि साना ऋणीहरुको संरक्षण जरुरी रहेको भन्दै उनले २० लाखसम्म ऋण मिनाहा गर्नुपर्ने बताए । यसका लागि राज्यले नै सहयोग गर्नुपर्ने उनको भनाइ छ । धेरै उद्यमीहरुले ऋणका कारण आत्महत्या रोज्नुपरेको भन्दै उनले त्यसलाई भयावह स्थिति हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

बैंकहरुको अराजक शैली अहिले केही सुधार भएको समेत बताए । ‘पहिले फोन गर्ने वित्तिकै खाएपछि तिर्नु पर्दैन भन्दै थर्काउथे, अहिले सुरुमा नमस्कार, सन्चै हुनुहुन्छ भनेर बैंकले सोध्न थालेको छ’ उनले भने, ‘अलिकति सुधार भयो, राम्रो हो । राति १० बजे ऋणीको घरमा गएर थर्काउनेलाई ठिक पार्छन् फेरि ।’

प्रकाशित : ९ फाल्गुन २०७९, मंगलवार १२:२६