काठमाडाैं । दोलखाको सदरमुकाम चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. ले संस्थामा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई दुई दिवसिय सशक्तिकरण तालीम प्रदान गरेको छ । यस तालीम कार्यक्रमको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठ र समापन कार्यक्रममा संस्थाकी उपाध्यक्ष सरुणा बस्नेत श्रेष्ठको प्रमुख आतित्थ्यता रहेको थियो भने सचिव ठाकुर प्रसाद पाठक, सञ्चालक सदस्यद्धय बालकुमारी श्रेष्ठ र पुष्कर कुमार श्रेष्ठको आतित्थ्यता रहेको थियो । उक्त तालीम कार्यक्रमको उद्घाटन तथा समापन कार्यक्रम संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेको अध्यक्षतामा सञ्चालन भएको थियो ।

तालीममा संस्था र शेयर सदस्य सफल बनाउनको लागि सञ्चालक र कर्मचारीको भूमिका तथा सहसम्बन्ध बिषयमा संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठ, सम्पत्ति शुद्धिकरण निवारण, प्रभावकारी सुचना प्रवाह सुशासनयुक्त प्रशासन बिषयमा संस्थाका सहायक ब्यवस्थापक रमेश सापकोटले सहजीकरण गरे ।
सुरक्षित ऋण लगानि र प्रभावकारी ऋण असुली बिषयमा संस्थाका ऋण अधिकृत चिरन्जीवी सापकोटा र ऋण असुली अधिकृत राजन श्रेष्ठले सहजीकरण गरे ।
सूचना प्रविधि आन्तरीक लेखापरीक्षण र सेवाकेन्द्र ब्यवस्थापन बिषयमा सूचना प्रविधि अधिकृत भीमसेन दाहाल, बचत ब्यवस्थापन बिषयमा बचत अधिकृत भोजराज खतिवडा सहजीकरण गरे ।
लेखा बिधि र पद्धति बिषयमा लेखा शाखा प्रमुख ईन्दीरा दाहाल, प्रभावकारी टेलर ब्यवस्थापन बिषयमा टेलर प्रमुख सरिता शर्मा, मोवाईल बैंकीङ्ग, क्युआर कोड र एटीएम ब्यवस्थापन सम्बन्धमा मोवाईल बैंकीङ्ग तथा क्युआर कोड बिभाग प्रमुख लक्ष्मी खतिवडाले सहजीकरण गरेका थिए ।
बिप्रेषण कारोवार ब्यवस्थापन सम्बन्धमा बिप्रेषण बिभाग प्रमुख रजिना चौलागाई बाट सहजीकरण भएको थियो भने संस्थाको प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेबाट एचआर सशक्तिकरण बिषयमा सहजीकरण भएको थियो ।





Comment