विन्धवासिनी साकोसले मनायो ३०औं स्थापना दिवस, बहुउद्देश्यीय भवन उद्घाटन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विन्धवासिनी साकोसले मनायो ३०औं स्थापना दिवस, बहुउद्देश्यीय भवन उद्घाटन



काभ्रे । बनेपामा मुख्य कार्यालय रहेको विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले ३० औं स्थापना दिवस मनाएको छ । संस्थाले एक विशेष कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।

संस्थाले स्थापना दिवसको अवसर पारेर बनेपामा निमार्ण गरेको नवनिर्मित बहुउद्देश्यीय भवनको समेत उद्घाटन गरेको छ ।

संस्थाका अध्यक्ष अध्यक्ष शान्त कुमार श्रेष्ठको सभापतित्व एवं भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यतामा दिवस मनाएको हाे । सो अवसरमा मन्त्री राईले संस्थाको नवनिर्मित भवनको उद्घाटन गरेका छन्।

संस्थाले ३०.५ आना क्षेत्रफलमा बहुउदेश्यीय भवन निमार्ण गरेको हो । झन्डै १० करोड लागतमा निमार्ण गरिएको उक्त भवनबाट सदस्यहरुलाई वितीय लगायत अन्य सेवा प्रदान गर्ने लक्ष्य संस्थाको छ । संस्थाले २ वटा भवन निमार्ण गरेको हाे । ब्लक ‘ए’ मा संस्थाको मुख्य भवन रहेको छ । उक्त भवनमा अन्डरग्राउन्ड सहित ६० टन क्षमताको कोल्डस्टोर रहेको छ ।

त्यसैगरी भवनको पहलो तल्लामा सदस्यहरुका लागि आवश्यक पर्ने दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन मिनी मार्ट सञ्चालन गर्ने योजना संस्थाको छ । दोस्रो तलामा बनेपा सेवा कार्यालय र बाँकी २ तलामा कर्पोरेट कार्यालयका साथै अन्तिम तल्लामा आवासीय तालिम कक्ष सञ्चान गर्ने भएको छ ।

प्रकाशित : ७ फाल्गुन २०७९, आईतवार १६:२२