राष्ट्र बैंकले १३ अर्ब २३ करोडकाे ट्रेजरी बिल जारी गर्दै, सोमबार बोलकबोल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकले १३ अर्ब २३ करोडकाे ट्रेजरी बिल जारी गर्दै, सोमबार बोलकबोल



काठमाडौं । नेपाल राष्ट्र बैंकले १३ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।केन्द्रीय बैंकले जारी गर्ने ट्रेजरी बिलको सोमबार बोलकबोल हुनेछ ।

केन्द्रीय बैंकले २८ दिन अवधिका लागि ५ अर्बको ट्रेजरी बिल जारी गर्न लागेको हाे । यो चैत ७ गते परिपक्व हुनेछ । यस्तै ९१ दिनका लागि जारी गर्न लागेको २ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल २०८० जेठ ९ गते परिपक्व हुनेछ । यस्तै १८२ दिनका लागि जारी हुन लागेको ६ अर्बको ट्रेजरी बिल २०८० साउन भदौ ५ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वर्ष वा सो भन्दा कम अवधिका लागि आन्तरिक ऋण उठाउन सरकारले प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । बोलकबोलमा सबै बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण समेत सहभागी हुन पाउनेछन् ।

प्रकाशित : ७ फाल्गुन २०७९, आईतवार १३:३२