सिर्जनशील लघुवित्तको नाफामा ४९.४८ प्रतिशतले बढ्दा, अन्य सूचक कस्तो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिर्जनशील लघुवित्तको नाफामा ४९.४८ प्रतिशतले बढ्दा, अन्य सूचक कस्तो ?



काठमाडौं । सिर्जनशील लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ४९.४८ प्रतिशतले थोरै हो ।

गत वर्ष कम्पनीले ३ करोड २७ लाख रुपैयाँ नाफा गरेको थियो । यता, कम्पनीको खुद ब्याज आम्दानी ३०.९३ प्रतिशतले घटेर ६ करोड रुपैयाँमा झरेको छ । गत वर्ष यसले ८ करोड ६८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

कम्पनीको सञ्चालन नाफा पनि ४९.४८ प्रतिशतले घटेर २ करोड ३६ लाख रुपैयाँमा झरेको छ । गत वर्ष यसले ४ करोड ६८ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा गिरावट आउँदा नाफा घट्न पुगेको हो । हाल यसको चुक्ता पुँजी १० करोड ९३ लाख रुपैयाँ छ । त्यस्तै, यसको जगेडा कोषमा १० करोड ४५ लाख रुपैयाँ रहेको छ । सिर्जनशीलको खराब कर्जा २.०८ प्रतिशतबाट बढेर २.१४ प्रतिशत कायम भएको छ । यसको प्रतिसेयर आम्दानी ३० रुपैयाँ २९ पैसा ९बार्षिक० र प्रतिसेयर नेटवर्थ २४९ रुपैयाँ ६७ पैसा छ ।

प्रकाशित : ३ फाल्गुन २०७९, बुधबार १२:४९