काठमाडाैं । प्रिमियर इन्स्योरेन्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा कविता जोशी नियुक्त भएकी छिन् । कम्पनीको माघ २७ गते बसेको संचालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि जोशीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाले राजिनामा दिएपछि कम्पनीले जोशीलाई कामु सीइओ नियुक्त गरेको हो। कम्पनीको संचालक समितिको बैठकले आज फागुन १ गतेदेखि लागु हुने गरि तिमिलाको राजिनामा स्वीकृत गरेको छ।
Comment