फागुनमा विकास बैंकहरुकाे ब्याजदर घट्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

फागुनमा विकास बैंकहरुकाे ब्याजदर घट्ने



काठमाडौं। फागुन महिनामा विकास बैंकहरुले ब्याजदर घटाउने निर्णय गरेका छन्। विकास बैंकका प्रमुख सीइओहरुको बैठकले माघमा जारी गरिएको निक्षेपको ब्याजदर फागुनमा थोरै भए पनि घटाउने निर्णय गरेको हो ।

ब्याजदर घटाउने विषयमा विकास बैंकका सीइओहरुले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई कुरेका थिए । समीक्षा सार्वजनिक भएपछि उनीहरुले माघका लागि तय ब्याजदर घटाउने निर्णय गरेका हुन् ।

यो संगै फागुनका लागि माघमा कायम ब्याजदरमा ०.२५ प्रतिशतको विन्दु घटाउँदै फागुनमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकत ११.७५ प्रतिशत, संस्थागतर्फ ९.७५ र रेमिट्यान्समा १२.७५ प्रतिशत ब्याजदर कायम गर्ने निर्णय भएको छ

हाल विकास बैंकहरुले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा १२ प्रतिशत, संस्थागतर्फ १० र रेमिट्यान्समा १३ प्रतिशत ब्याजदर दिँदै आएका थिए।

प्रकाशित : २७ माघ २०७९, शुक्रबार १४:१७