सांग्रिला डेभलपमेन्ट बैंकले ८.५३४ प्रतिशत बोनस सेयर दिने घाेषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सांग्रिला डेभलपमेन्ट बैंकले ८.५३४ प्रतिशत बोनस सेयर दिने घाेषणा



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ८.९८३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले ८.५३४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४४९ प्रतिशत दिने निर्णय गरेको हो ।

यसर्थ, बैंकले २५ करोड ६९ लाख २२ हजार ५४ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, १ करोड ३५ लाख २२ हजार २१३ रुपैयाँ नगद बाँड्नेछ ।

उक्त सेयर नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढ्नेछ ।

प्रकाशित : २७ माघ २०७९, शुक्रबार ११:३३