सपोर्ट लघुवित्तको नाफामा भारी गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

सपोर्ट लघुवित्तको नाफामा भारी गिरावट

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २४ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ७४.८६ प्रतिशतले कम हो।

गत वर्ष यही अवधिमा संस्थाले ९९ लाख ७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। यो अवधिमा संस्थाले ३३ लाख ६९ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले यस्तो नाफा १ करोड ५७ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो। यो हिसाबले सञ्चालन मुनाफा पनि ७८.५८ प्रतिशलते घटेको छ।

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी १४.८१ प्रतिशतले घटेर ३ करोड १० लाख रुपैयाँमा सीमित भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ३ करोड ६४ लाख रुपैयाँ थियो।

चालु आर्थिक वर्षको ६ महिनामा संस्थाले ९९ करोड ४३ लाख सापटी लिई १ अर्ब ३६ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ८९ करोड ९६ लाख रुपैयाँ सापटी लिई १ अर्ब १६ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

चुक्तापुँजी ८ करोड ५८ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार ३२.८६ प्रतिशतले बढेर ५ करोड ३९ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा ४ करोड ५ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाको खराब कर्जा ९एनपीएल० घटेर ३.५३ प्रतिशतमा झरेको छ। गत वर्ष एनपीएल ३.७४ प्रतिशत थियो। संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी ९ईपीएस० ५.८१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६२.८३ रुपैयाँ रहेको छ।

प्रकाशित : २५ माघ २०७९, बुधबार १२:०४ 8 February, 2023 12:04 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।