प्रथम गभर्नर जबराको निधनप्रति आर्थिक मिडिया सञ्चालक संघद्वारा दुःख व्यक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रथम गभर्नर जबराको निधनप्रति आर्थिक मिडिया सञ्चालक संघद्वारा दुःख व्यक्त



काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयशमसेर जबराको निधनप्रति आर्थिक मिडिया सञ्चालक संघ (इमान)ले दुःख प्रकट गरेको छ । एक विज्ञप्ति जारी गर्दै इमानले जबराको निधनले संघ स्तब्ध भएको जनाउँदै दिवंगत आत्माको चीरशान्तिको कामनासमेत गरेको छ ।

नेपाली बैंकिङ क्षेत्रमा जबराको योगदान अतुलनीय र ऐतिहासिक रहेको बताउँदै संघले शोकको घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रदान होस् भन्ने कामनासहित गहिरो समवेदना प्रकट गरेको छ । जबराको आइतबार विहान उपचारका क्रममा निधन भएको थियो ।

जबराले नेपालभरबाट भारतीय मुद्राको चलनचल्तीलाई कम गराउँदै नेपाली मुद्राको प्रवाहलाई देशभर पुर्‍याएका थिए । नेपाली बैकिङ इतिहासमा नियमनकारी निकायको प्रमुख भएर गरेको महत्वपूर्ण योगदानको सबैले उच्च कदर गर्नैपर्दछ । नेपालको अर्थतन्त्रलाई समृद्धिको यात्रामा अगाडि बढाउन भूमिका खेल्ने जबराको निधनले सम्पूर्ण नेपालीलाई स्तब्ध बनाएको छ । हामी पनि स्वर्गीय जबराप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं ।

प्रकाशित : २२ माघ २०७९, आईतवार २१:२४