राष्ट्र बैंकले दियो साना किसान र आरएमडीसी लघुवित्तको मर्जरलाई सैद्धान्तिक सहमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र बैंकले दियो साना किसान र आरएमडीसी लघुवित्तको मर्जरलाई सैद्धान्तिक सहमति



काठमाडौं । साना किसान लघुवित्त र आरएमडीसी लघुवित्तले मर्जरका लागि नेपाल राष्ट्र बैंकको सैद्धान्तिक सहमति पाएका छन् । राष्ट्र बैंकले विभिन्न शर्तहरु सहित यी दुई लघुवित्तलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको हो ।

साना किसान र आरएमडीसीले गत भदौ ३१ गते एक आपसमा गाभिएर कारोबार गर्ने सम्झौता गरेका थिए । यी दुई लघुवित्तले १००ः८७ शेयर स्वाप अनुपातमा मर्जरमा जाने सहमति गरेका थिए ।

अर्थात, आरएमडीसी लघुवित्तको १०० कित्ता शेयरलाई मर्जरपछि बन्ने कम्पनीको ८७ कित्ता शेयर कायम हुनेगरी स्वाप रेसियो तय गरिएको हो । मर्जरपछि साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्नेगरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

प्रकाशित : १६ माघ २०७९, सोमबार १२:३६