प्रभु बैंककाे सिईओमा पुनः शेरचन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभु बैंककाे सिईओमा पुनः शेरचन




काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा अशोक शेरचन पुनः नियुक्त भएका छन ।

बिहीबार साझ बसेको बैंक सञ्चालक समिति बैठकले शेरचनलाई आगामी कार्यकालका लागि पुनः सिईओ बनाउने निर्णय गरेको हो ।वर्षका लागि सिइओको जिम्मेवारी दिएको हो । उनी २०७५ माघ १८ गते बैंकको सिइओ नियुक्त भएका थिए ।

सेन्चुरी बैंकलाई प्राप्ति गरेपछि शेरचनले तेश्रो कार्यकाल सिईओमा बाजि मारेका हुन् । सेन्चुरीलाई प्राप्ति गरेपछि प्रभुको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ पुगेको छ । यस्तै रिजर्भ बढेर ९ अर्ब रुपैयाँ पुगेको छ । बैंकको निक्षेप परिचालन बढेर २ खर्ब ७० अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।

प्रकाशित : १२ माघ २०७९, बिहीबार २२:०९