फर्स्ट माइक्रोफाइनान्सको नाफा ३८.३५ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

फर्स्ट माइक्रोफाइनान्सको नाफा ३८.३५ प्रतिशतले बढ्यो



काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सर्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको पुस मसान्तसम्ममा खुद नाफा ३८.३५ प्रतिशतले बढेर १४ करोड ४४ लाख ८३ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १० करोड ४४ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

पुस मसान्तसम्म आइपुग्दा यस माइक्रोफाइनान्सको वितरणयोग्य नाफा पनि ४१.५४प्रतिशतले बढेर ९ करोड ८६ लाख २४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो बर्षको यसै अवधिमा यस्तो नाफा ६ करोड ९६ लाख ८१ हजार रुपैंया रहेको थियो ।

त्यस्तै, खुद ब्याज आम्दानी २६.४६ प्रतिशतले बढेर २३ करोड ५ लाख ६७ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ३८.६८ प्रतिशतले बढेर २० करोड ६४ लाख ५ हजार रुपैयाँ पुगेको छ ।

एक वर्षको अवधिमा प्रतिशेयर आम्दानी ३ रुपैयाँ ५२ पैसाले बढेर २५ रुपैयाँ १८ पैसा पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा २१ रुपैयाँ ६६ पैसा रहेको थियो । यस्तै प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ २७ पैसा रहेको छ। गत आवको सोही अवधिमा १२७ रुपैयाँ ३७ पैसा रहेको छ ।

प्रकाशित : ४ माघ २०७९, बुधबार ११:३७