युनियन, प्राइम र गुराँस लाइफ इन्स्योरेन्सबीच अन्तिम मर्जर सम्झौता, मर्जपछि चुक्ता पुँजी ७ अर्ब माथि पुग्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

युनियन, प्राइम र गुराँस लाइफ इन्स्योरेन्सबीच अन्तिम मर्जर सम्झौता, मर्जपछि चुक्ता पुँजी ७ अर्ब माथि पुग्ने



काठमाडौं । तीनवटा जीवन बिमा कम्पनीहरुले एकआपसमा मर्जर जान अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफले मर्जरमा जाने अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापत्रमा युनियन लाइफका अध्यक्ष शुलभ अग्रवाल, प्राइम लाइफका अध्यक्ष पीयूषराज अर्याल र गुराँस लाइफका अध्यक्ष विवेक दुगडले हस्ताक्षर गरेका छन्। संझौताअनुसार तीनै कम्पनीको शेयर अनुपात १ः१ः१ कायम गरिएको छ।

मर्जर सम्झौताअनुसार नयाँ बन्ने कम्पनीको नाम हिमालय लाइफ इन्स्योरेन्स लिमिटेड रहने छ भने युनियन लाइफका अध्यक्ष शुलभ अग्रवाल नयाँ बन्ने कम्पनीको अध्यक्ष हुनेछन्। युनियन लाइफको प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लालकर्ण मर्जरपश्चात बन्ने नयाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृत रहनेछन्।

संझौताअनुसार मर्जरसम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु सम्पन्न गरी २०७९ चैतभित्र एकीकृत कारोबार गर्ने समयावधि निर्धारण गरिएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमास अनुसार प्राइम लाइफको चुक्ता पुँजी २ अर्ब ७७ करोड, गुराँस लाइफको २ अर्ब ८ कारोड र युनियन लाइफको २ अर्ब १५ करोड रुपैयाँ रहेको छ । मर्जपछि चुक्ता पुँजी ७ अर्बभन्दा धेरै पुग्नेछ ।

प्रकाशित : २ माघ २०७९, सोमबार ११:३७