प्रभु बैंकमा नयाँ सञ्चालक समिति गठन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंकमा नयाँ सञ्चालक समिति गठन



काठमाडौं । सेञ्चुरी बैंकलाई गाभेर आजबाट एकीकृत कारोबार सुरु गरेको प्रभु बैंकको नयाँ सञ्चालक समिति गठन गरिएको छ । मंगलबार आयोजित एकीकृत शुभारम्भ कार्यक्रममा लीलाप्रकाश सिटौलाको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरिएको जानकारी दिइएको हो।

नवगठित सञ्चालक समितिका सञ्चालकहरुमा रमेश सिंह खड्का, मनबहादुर राई, शंकरप्रसाद कालीकोटे, गीता प्रधान, रामेश्वर सापकोटा र अभिषेक बज्राचार्य छन्।

सञ्चालकमा प्रभु बैंकका तर्फबाट सिटौला, खड्का र कालीकोटे छन् भने साबिक सेञ्चुरी बैंकका तर्फबाट राई, प्रधान र बज्राचार्य छन्।

प्रकाशित : 10 January, 2023 12:10 pm