प्रभु र सेन्चुरी बैंकको एकीकृत कारोबार पुस २६ गतेबाट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभु र सेन्चुरी बैंकको एकीकृत कारोबार पुस २६ गतेबाट



काठमाडौं । प्रभु बैंकले सेन्चुरी बैंकलाई प्राप्ति गरेर (पुस २६ गते) बाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले दुवै बैंकलाई एकीकृत कारोबार गर्न पुस १९ गते अन्तिम स्वीकृति दिएको हो ।

दुवै एक भएपछि अब प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । दुवै बैंकको पुस १४ गते सम्पन्न साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १००ः१०० शेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिइएको छ । यसर्थ, सेन्चुरीको १०० सय कित्ता शेयर हुनेले अब प्रभुको नाममा १०० कित्ता नै शेयर पाउनेछन्

प्रकाशित : २२ पुष २०७९, शुक्रबार १२:०८