राष्ट्र बैंकले दियो प्रभु र सेन्चुरी बैंकलाई मर्जरको अन्तिम स्वीकृति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र बैंकले दियो प्रभु र सेन्चुरी बैंकलाई मर्जरको अन्तिम स्वीकृति



काठमाडौं । प्रभु बैंक र सेन्चुरी बैंकले एक आपसमा मर्ज हुन नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका छन् । केन्द्रीय बैंकले प्रभु बैंक र सेन्चुरी बैंकलाई १ः१ सेयर स्वाप रेसियोमा मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो ।

मर्जरपश्चात प्रभु बैंकको नाममा एकीकृत कारोबार हुनेछ । यता, दुवै बैंकको पुस १४ गते सम्पन्न साधारण सभाले पनि एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरिसकेको छ । अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि एकीकृत कारोबार सुरु हुनेछ ।

प्रकाशित : १९ पुष २०७९, मंगलवार १२:२३