कुमारी बैंकको सीईओमा अर्याल नियुक्त,उत्कृष्ट बैंक बनाउने उद्घोष « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कुमारी बैंकको सीईओमा अर्याल नियुक्त,उत्कृष्ट बैंक बनाउने उद्घोष



काठमाडौं । कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार सुरु भएको छ। मर्जपछि कुमारी बैंकको नामबाट एकिकृत कारोबार सुरु गरेको हो ।

मर्जरपछि कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रमेशराज अर्याल नियुक्त भएका छन् । नियुक्तिपछि सीईओ अर्यालयले उत्कृष्ट बैंक बनाउने उद्घोष गरेका छन् । उनले कर्मचारी मिलन गरे बैंकलाई पाँचौं बैंक बन्न नदिने बताए । उनले भने,-‘ बैंक तेस्रो नम्बरमा छ, चौंथो बन्ने छुट छैन, दोस्रो बन्न सहिनेछ ।’

मर्जर पश्चात बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंकको केन्द्रीय कार्यालय रहेको स्थान टंगालमा रहने छ । यी दुई बैंक एक आपसमा गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।

प्रकाशित : १७ पुष २०७९, आईतवार १२:०२