ललितपुर । प्राकृतिक बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्ण प्रसाद तिमल्सिनाको अध्यक्षतामा भएको साधारण सभामा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
साधारण सभामा १२ वटा प्रस्ताव उपर छलफल गरी पारित गरेको छ । संस्थामा हाल ६ हजार २ सय १७ जना सदस्य आवद्ध भएका छन् । संस्थाको सेयर पुँजी ६ करोड ६७ लाख १ हजार रुपैयाँ रहेको छ । संस्थाले आर्थिक वर्ष २०७८÷०७९ मा ५२ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी ७८ करोड १६ लाख रुपैयाँ सदस्यलाई लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै संस्थाको कुल सम्पत्ती ९५ करोड ६७ लाख ७२ हजार रुपैयाँ रहेको छ ।
केशव बडाल सहकारी पत्रकारिता पुरस्कार श्रेष्ठलाई
सहकारीखबर डटकमका सम्पादक काजी श्रेष्ठलाई ‘केशव बडाल सहकारी पत्रकारिता सम्मान–२०७९’ प्रदान गरिएको छ ।
सहकारी अभियानका शिर्ष व्यक्तित्व केशव बडालको नाममा स्थापना गरिएको ‘केशव बडाल सहकारी पत्रकारिता सम्मान कोष’ बाट उक्त सम्मान गरिएको हो । नगद रु १५ हजार राशी सहितको उक्त सम्मान शनिबार ललितपुरमा आयोजित प्राकृतिक बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभाको अवसरमा श्रेष्ठलाई प्रदान गरिएको हो ।
पूर्व मन्त्री समेत रहेका बडाल राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष हुन् । राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका पूर्व ग्लोवल बोर्ड सदस्य ओमदेवी मल्लले उक्त पुरस्कारको स्थापना गरेकी हुन् ।
सम्पादक श्रेष्ठलाई राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले पुरस्कार प्रदान गरेका हुन् । विगत १२ वर्षदेखि पत्रकारितामा क्रियाशिल श्रेष्ठ नेपाल सहकारी पत्रकार समाज (सीजेएन)का अध्यक्ष समेत हुन् ।
Comment