काठमाडौं । परम्परागत ढाँचाको कृषि बीमालाई परिमार्जित गर्दै सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल बीमा प्राधिकरणको स्वीकृतिबाट पाइलटिङ बीमा योजनाको रुपमा “बाढी सूचकाङ्कका आधारमा सामुहिक धान खेती बीमा” जारी गरेको छ ।
कैलाली जिल्ला, भजनी नगरपालिकाको वडा नं. ३ भित्रका दश वटा कृषक समुहहरुका १०० जना कृषकहरुको चालिस हेक्टर क्षेत्रफलमा सूचकाङ्कमा आधारित “भूमी अनुसन्धान तथा नीति संम्वादका लागि सहकार्य (COLARP)” तथा “USAID Tayar Nepal” काे Improved Disaster Risk Management Project, अन्तर्गतको आर्थिक सहयोगमा संचालित परियोजना “Testing the Feasibility of Index-Based Agriculture Insurance against Water-Induced Disasters in Nepal”अन्तर्गत कैलाली जिल्लाका कृषकहरुको धान बालीको जोखिम वहन गर्ने उद्देश्यले धानबाली बीमा जारी गरिएको थियो ।
सोहि बीमालेख अन्तर्गत बीमा गरिएको धानबालीहरुमा मिति २०७९ असोजे ५ गते मोहना नदी र आसपासका क्षेत्रमा पानी वहाव बढ्न गई जलस्तर तोकिएको सूचकाङ्क भन्दा बढी भई धानबालीमा क्षति पुगेकोमा २०७९ पौष १० गतेका दिन भजनी नगरपालिकाका मेयर केवल चौधरीको प्रमुख आतिथ्य, कोलार्पका प्रतिनिधिको उपस्थितिमा सगरमाथा इन्स्योरेन्स कम्पनीका अण्डरराइटिङ विभाग प्रमुख दिबस तिमल्सेनाले बाढीका कारण धान खेतिमा क्षति पुगेका ३१ जना कृषकहरुलाई क्षतिपुर्ति बापत जम्मा रकम रु ४ लाख १ हजार ९९ को दावी भुक्तानी गरे ।
Comment