काठमाडौं । सूर्या लाईफ र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एकिकृत कारोबार सुरु गरेका छन् । दुई कम्पनीले बिहीबारबाट सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गरेका हुन् ।
दुवै कम्पनीबीच मर्जर गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता २०७९ आषाढ १२ गते सम्पन्न भइ बीमा समितिबाट मिति २०७९ आषाढ १३ गते सैद्धान्तिक सहमति प्राप्त भएको थियो ।कम्पनीको कुल चुक्ता पुँजी करिब ४ अर्ब ५५ करोड पुगेको छ ।
नियमनकारी निकाय बीमा समितिको निर्देशन बमोजिम कायम गर्नुपर्ने चुक्ता पुँजी ५ अर्ब तोकिएको समयसिमा भित्र सहजै पुर्याउन कम्पनी सफल भएको छ ।
Comment