एनआईसी एसिया बैंकका शेयरधनिको हात खाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआईसी एसिया बैंकका शेयरधनिको हात खाली



काडमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

योसँगै बैंकले शेयरधनीहरुलाई बोनस शेयर र नगद लाभांश वितरण गर्ने छैन । एनआईसी एसिया बैंकले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा पनि कुनै लाभांश वितरण गरेको थिएन।

बैठकले गत आर्थिक वर्षको नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी स्वीकृति गर्ने निर्णय गरेको छ। अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रकाशित : ६ पुष २०७९, बुधबार ११:३६