गरिमा विकास बैंकले सञ्चालनमा ल्यायो ‘फरेन इम्प्लोइमेन्ट आईपीओ अकाउन्ट’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१२ मंसिर २०८३, शनिबारSaturday, November 28, 2026

बैंक / वित्त

गरिमा विकास बैंकले सञ्चालनमा ल्यायो ‘फरेन इम्प्लोइमेन्ट आईपीओ अकाउन्ट’

काठमाडौं । गरिमा विकास बैंकले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई बैंकिङ एवं शेयर मार्केटसम्म पहुँच पुर्याउने उद्देश्यले फरेन इम्प्लोइमेन्ट आईपीओ अकाउन्टको सुरुआत गरेको छ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशनानुसार प्राथमिक शेयर निष्कासन (आईपिओ) जारी गर्ने संस्थाले १०५ सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि छुट्याउनुपर्ने व्यवस्थाअनुसार त्यसलाई आवश्यक पर्ने सी–आस्बा सुविधा दिनका लागि बैंकले विशेषतः यो खाता सञ्चालनमा ल्याएको हो।

वैदेशिक रोजगारमा रहेका नेपालीहरुले सजिलै बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन खाता खोल्न मिल्ने सुविधामार्फत यो खाता खोली डिम्याट, सी–आस्बा र मेरो शेयरको सुविधा प्राप्त गर्न सक्नेछन्।

यसका साथै बैंकमा पहिला नै बचत तथा अन्य खाता हुने ग्राहकले पनि सजिलै यो खाता खोल्न मिल्ने व्यवस्था मिलाइएको छ।

हाल बैंकले नेपालभर १२१ शाखा कार्यालय, ५१ एटीएम एवं विभिन्न डिजिटल बैंकिङ सुविधाहरु जस्तै– डिजी बटुवा, डेबिट तथा क्रेडिट कार्ड, इन्टरनेट बैंकिङ र अनलाइन खातामार्फत सरल, सुरक्षित तथा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित : ४ पुस २०७९, सोमबार १३:१२ 19 December, 2022 1:12 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।