काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले व्यवसायीहरुले गरेको सडक आन्दोलन कायमै रहने बताएका छन् । उनले आयात खुलेपनि व्यवसाय गर्ने बाताबरण नभएकाले माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताएका हुन् ।
नेपाल राष्ट्र बैंकले आयात बन्देज लगाउनु अगाडी नियन्त्रण गर्न लगाएको प्रतिवन्धहरु खुल्ला हुनुपर्छ भन्ने आफुहरुको माग रहेको थापाले बताए । त्यसैगरी, उनले आयात खुलेपनि अहिले नेपालमा गाडीहरु मगाएर बेच्न सक्ने अवस्था नरहेको उनले जानकारी दिए ।
अटोमोबाइल व्यवसायले आठ महिनादेखि आयात प्रतिबन्ध लगाएका सवारीसाधनको आयात तत्काल खोल्नुपर्ने माग राखेका थिए, जुन पुरा भइसको छ। राष्ट्र बैंकद्वारा जारी चालु पुँजी कर्जा मार्गदर्शन, २०७९ तत्कालका लागि स्थगित गर्दै अनुकूल समयमा आवश्यक परिमार्जनसहित व्यवसायीहरूको सल्लाहमा लागू गरिनुपर्ने माग व्यवसायीको छ।
बन्देज लगाउनु अगाडी नियन्त्रण गर्न लगाएको बन्देज शतप्रतिशत नगद मार्जिन र ५० प्रतिशत नगद मार्जिन राखेर प्रतीतपत्र खोल्नुपर्ने व्यवस्थालाई पहिलेकै अवस्थामा ल्याउनुपर्ने, अस्वाभाविक रूपमा बढिरहेको बैंकको ब्याज तथा प्रिमियमदरलाई तत्कालै नियन्त्रण गर्नुपर्ने पनि नाडाले माग गरेको छ।
सवारी कर्जा-हायर पर्चेज कर्जामा जोखिमभारलाई एक सय ५० प्रतिशतबाट पुरानै ७५ प्रतिशतमा झार्नुपर्ने, बैंकहरूको तरलता अभावलाई सहज बनाउन सीडी रेसियो पुनरावलोकन गर्नुपर्ने, बैंकहरूबाट निजी सवारीसाधनमा प्रवाह गर्ने कर्जाको सीमा ५० प्रतिशतबाट वृद्धि गरी ७० प्रतिशत कायम गर्नुपर्ने, पुनर्कर्जा नवीकरण गर्ने म्याद एक वर्षका लागि थप गरिनुपर्ने, अटोमोबाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पुनर्तालिकीकरण तथा ब्याजदरमा विशेष सहुलियत लगातका माग राष्ट्र बैंकसंग राखेका छन् ।
यी समस्या समाधानका लागि आन्दोलन एउटा मात्र उपाए नभएर आफ्नो माग कतैबाट सुनुवाइ नभएपछि सरोकारवाला निकायसम्म हाम्रो आवाज सुनिश्चित गर्न आन्दोलनमा आएको बताएका छन् । तर, अझैपनि आफुहरुको माग सम्बोधन नभए झन कडा आन्दोलनका कार्यक्रम गर्ने अध्यक्ष थापाले बताए । समस्या समाधानका लागि राष्ट्र बैंकसंग छलफलका लागि समय मागिरहेको र छलफलबाट सहमती जुटे सहज रुपमै निकास निकाल्ने भन्न चाहेको बताएका छन् ।
अहिले यस्ता समस्या विश्वव्यापी रुपमै आएका पनि हाल नेपालमा उब्जाइएको समस्या धेरै भएको उनको ठहर छ । जसले गर्दा अटोमोबाइल क्षेत्रमा मात्र नभएर आम उपभोक्तामा व्यवसाय गर्ने बातावरण नबनेको उनको आरोप छ । साथै, आन्तरिक र बाह्य कारणले महंगी लगाएतका जुन समस्या बढिरहेको यस्ता आन्तरिक कारणबाट हुने अटोमोबाइल क्षेत्रको महंगाइलाई न्युनिकरण गर्न सकिन्छ भन्ने व्यवसायीको धारणा रहको उनले बताए ।
नेपाल अहिलेकै अवस्थामा गयो भने एकदमै ठुलो खर्च व्यहोर्नुेपर्ने अवस्था आउने भन्दै आयात खोल्नु अगाडीको गाडीको मुल्य र अब आउँने गाडी मोटरसाइकलको मुल्यमा ३० प्रतिशत बृद्धि हुने जनाएका छन् । आयात प्रतिबन्ध लगाउनु अगाडी र अहिलेको समयलाई हेर्दा व्याजदेखि कर्मचारीको खर्च अझ वृद्धि भएको कारण देखाउदै यसको प्रत्यक्ष असर आम उपभोक्तालाई पर्ने भएकाले नियन्त्रण गरौ भन्ने व्यवसायीको माग रहेको थापाले बताए ।
Comment