प्राइम कमर्सियल बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्राइम कमर्सियल बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ८.९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

जसमध्ये ४ प्रतिशत बोनस शेयर रहेको छ भने ४.९५ प्रतिशत नगद लाभांश रहेको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरेपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरि सो लाभांश वितरण गरिनेछ।

प्रकाशित : १ पुष २०७९, शुक्रबार ११:२२