बाग्मती प्रदेशको नमुना छनौटमा परेका सहकारीहरुको कुल बचत र कर्जा सुधारतर्फ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बाग्मती प्रदेशको नमुना छनौटमा परेका सहकारीहरुको कुल बचत र कर्जा सुधारतर्फ



काठमाडौं । बाग्मती प्रदेशको नमुना छनौटमा परेका १० सहकारीहरुको कुल बचत तथा कर्जा बढेको छ । राष्ट्र बैंकले जारी गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनले यस्तो देखाएको हो ।

यी सहकारी संस्थाहरूमा २०७८ असार मसान्तको तुलनामा कुल बचत ४.६७ प्रतिशत र कुल कर्जा २०.५४ प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी, यस अवधिमा बाग्मती प्रदेशका सहकारीहरुमध्ये नमुना छनोटमा परेका सहकारीहरुको २०७९ असार मसान्तसम्म कुल पँुजी ९ अर्ब १० करोड रहेको छ । त्यसैगरी, यी सहकारी संस्थाहरूमा १९ अर्ब २७ करोड कुल बचत रहेको छ भने कुल ऋण १७ अर्ब ३२ करोड रहेको छ ।

उक्त अध्ययनमा समेटिएका सहकारी संस्थाहरुको चालु आर्थिक बर्षको असार मसान्तसम्म कुल १ लाख ६ हजार ८८९ सदस्य र कुल ४८१ जना कर्मचारीहरु रहेका छन् । समीक्षा वर्षमा नमूना छनौटमा समेटिएका सहकारी संस्थाहरुमा कर्मचारी संख्या सामान्य ४.३७ प्रतिशतले घटेको छ ।

प्रकाशित : २९ मंसिर २०७९, बिहीबार १७:२१