बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंककाे ८ बुँदे निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंककाे ८ बुँदे निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाको लागि ८ बुँदे निर्देशन जारी गरेको छ । बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले गरेका व्यवस्था कार्यन्वयनका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका नाममा निर्देशन जारी गरेको हो।

नयाँ निर्देशन अनुसार २०७९ चैत्र महिनाबाट औसत ब्याजदर अन्तर “क” वर्गका वाणिज्य बैंकहरुको हकमा ४.२ प्रतिशत र “ख” र “ग” वर्गका संस्थाको हकमा ४.८ प्रतिशत भन्दाबढी नहुने व्यवस्था गर्नु पर्नेछ ।

उक्त अन्तर २०८० असार महिनाबाट “क” वर्गका वाणिज्य बैंकहरुको हकमा ४.० प्रतिशत र “ख” र “ग” वर्गका संस्थाको हकमा ४.६ प्रतिशत भन्दाबढी नहुने व्यवस्था गर्नु पर्नेछ ।

साथै, कृषि क्षेत्रसँग सम्बन्धित पब्लिक लिमिटेड कम्पनीहरुले जारी गरेको ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले गरेको लगानीलाई कृषि क्षेत्रमा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न पाइने छ ।

त्यस्तै तोकिएका क्षेत्रमा प्रवाह गरिने कर्जा गणना गर्दा ६ महिना अघिको जम्मा बक्यौता कर्जा तथा सापटको आधारमा २०८० पुस मसान्तदेखि गणना शुरु गरी त्यसपछिको प्रत्येक त्रयमासमा गणना गर्ने ब्यबस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । तोकिएको क्षेत्रमा गर्नु पर्ने कर्जा प्रवाहको समय थप पनि गरिएको छ ।

प्रकाशित : २८ मंसिर २०७९, बुधबार १७:१०