गरिमा विकास बैंकको साधारण सभा पुस २२ गते, बुक क्लोज कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गरिमा विकास बैंकको साधारण सभा पुस २२ गते, बुक क्लोज कहिले ?



काठमाडौं । गरिमा विकास बैंकले पुस २२ गते वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा होटल पोखरा ग्राण्ड, बिरौटा, कास्कीमा बिहान १० बजे बस्ने निर्णय गरेको हो ।

सभामा आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर र कर सहित १.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

साथै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

सभा प्रयोजनका लागि बैंकले पुस ८ गतेदेखि पुस २२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुस ७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रकाशित : २८ मंसिर २०७९, बुधबार १२:३१