नेपाल बैंकर्स संघको कार्यसमिति सदस्यमा सुदेश खालिङ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल बैंकर्स संघको कार्यसमिति सदस्यमा सुदेश खालिङ



काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको कार्यसमिति सदस्यमा सुदेश खालिङ नियुक्त भएका छन् । एभरेष्ट बैंकका सीइओ रहेका खालिङ संघको पहिलोपटक प्रवेश गरेका हुन् ।

अनुपमा खुँजेली मेगा बैंकको सीइओबाट बाहिरिएसँगै रिक्त रहेको उक्त पदमा खालिङलाई नियुक्त गरिएको हो ।

खालिङसँग ३० वर्षभन्दा बढी बैंकिङ गरेको अनुभव छ । एभरेष्टको सीइओ हुनुभन्दा अगाडि खालिङ सिटिजन्स बैंकका सञ्चालक थिए । त्योभन्दा अघि उनी लक्ष्मी बैंकका सीइओ थिए ।

लक्ष्मी बैंकको सीइओ रहँदा खालिङले एभरेष्ट र लक्ष्मी बैंकलाई मर्जर गराउन सक्रिय भूमिका खेलेका थिए । यद्यपि दुई बैंकबीच मर्ज हुन सकेको थिएन ।

त्यस्तै, कार्यसमिति सदस्यद्धय माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी सन्तोष कोइराला र नेपाल एसबिआइ बैंकका प्रमुख कार्यकारी अधिकृत दीपकुमार देले निरन्तरता पाएका छन् । सोमबार संघको ३६औं साधारणसभा हुँदैछ ।

प्रकाशित : २७ मंसिर २०७९, मंगलवार ०८:११