सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने



काठमाडाैं। सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने भएकाे छ। साेमबार सिभिल बैंक र नेपाल टेलिकमबीच सम्झौतासँगै बैंककाे माेबाइल एप चलाउँदा टेलिकमले शुल्क नलिने भएकाे हाे।

सम्झौतापत्रमा सिभिल बैकका चिफ विजिनेस भोलाबहादुर बिष्ट र नेपाल टेलिकमका प्रमुख व्यवसायिक अधिकृत संगिता अर्यालले हस्ताक्षर गरेका छन्। सम्झौतापत्र अनुसार पुस १ गते देखि नेपाल टेलिकमको मोबाइल सेवा प्रयोगकर्ताले डाटा अन गरी सिभिल बैंकको मोबाइल बैंकिङ एप मार्फत फन्ड ट्रान्सफर, क्युआर पेमेन्टलगायत अन्य फिचरको उपयोग गर्दा कुनै पनि शुल्क लाग्ने छैन।

नेपाल राष्ट्र बैंकको विद्युतीय माध्यममार्फत कारोबार गर्न प्रोत्साहन गर्ने नीति बमोजिम सिभिल बैंकले आफ्नो ग्राहकको सुविधालाई मध्यनजर गर्दै यो सम्झौता गरेको हो।

सिभिल बैंकको साढे चार लाख भन्दा बढी मोबाइल बैंकिङ एपका प्रयोगकर्ता यस सम्झौतापत्रबाट प्रत्यक्ष लाभान्वित हुने सिभिल बैकका चिफ विजिनेस भोलाबहादुर बिष्टले बताए।

हालसम्म ९५.२४ अर्ब निक्षेप संकलन गरि करिब ८७.०८ अर्ब ऋण लगानी गरेको सिभिल बैंकको हाल ११५ शाखा, १३ वटा एक्सटेन्सन काउन्टर तथा १०२ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित : २७ मंसिर २०७९, मंगलवार ०८:०५