सेल्सबेरीमा नेपालपे क्युआरबाट भुक्तानी गर्दा हिमालयन बैंकका ग्राहकलाई १० प्रतिशत नगद फिर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

सेल्सबेरीमा नेपालपे क्युआरबाट भुक्तानी गर्दा हिमालयन बैंकका ग्राहकलाई १० प्रतिशत नगद फिर्ता



काठमाडौं । हिमालयन बैंकले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा नेपाल क्लियरिङ्ग हाउसद्वारा प्रवर्द्धित नेपालपे क्युआरमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । हिमालयन बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच भएको सम्झौता अनुसार ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा मोबाइल बैंकिङ्गबाट सजिलै स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम रु १०० सम्म) क्यासब्याक तुरुन्तै खातामा प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले एचआर्ए एमबी मोबाइल बैंकिङ्ग, कनेक्ट आइपिएस मोबाइल एप वा अन्य कुनै नेपालपे क्युआर सुबिधा भएको मोबाइल बैंकिङ्गबाट भुक्तानी गर्दा सो सुविधा पाउने भएका हुन् ।

क्यासब्याकको अफर नेपाल भरिका सेल्सबेरी डिपार्टमेन्ट स्टोका शाखाहरुमा मंसिर २५ गतेदेखि पुस ३० गतेसम्म उपलब्ध हुनेछ । देशको सबैभन्दा ठूलो रिटेल स्टोरमध्यको एक यस स्टोरमा लागू गरिएको उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन प्रदान गर्ने बैंकको विश्वास छ ।

प्रकाशित : २६ मंसिर २०७९, सोमबार १३:२०