काठमाडौं । लामो समय देखि नेपाली पुँजीबजारले लय लिन सकिरहेको छैन् । कुनै बेला १८ सयमा झरेको बजार अहिले १९ सयको रेन्जमा अल्झिरहेको छ । बजारले क्रमशः नयाँ उचाईहरु तय गर्दै जानेमा कतिपय विश्लेषक ढुक्क छन् भने कतिपय बजार अझै तल झर्ने बताउछन् । तथापि, बजारको गति र प्रवृत्तिका बारेमा कसैले पनि ठोकुवा गर्न भने सक्दैन ।
पुँजी बजारलाई हरेक विषयसंग जोडेर हेर्ने गरिन्छ । देशमा भएको राजनीतिक अस्थीरतादेखि सरकारले लागू गरेका नीति नियमका कारण पनि सोचे अनुरुप शेयर बजार माथी उठ्न सकेको छैन् ।
चुनावी माहोल, मौद्रिक नितीको समिक्षा तथा लाभांशको सिजन पनि चलेकाले शेयर बजारमा नयाँ तरंग आउन सक्ने कतिपयको विश्लेषण रहेको थियो। तर, बजारले सोचे अनुरुपको लय लिन सकेन् । हुन त घट्दो बजार नयाँ लगानीकर्तालाई अवसर पनि हो ।
नेपालको शेयर बजारमा बैंक तथा वित्तीय संस्थाको अधिपत्य छ । यसमा वाणिज्य बैंकदेखि वित्त कम्पनीको शेयर आपूर्ति स्वभाविक रुपमा बढी हुन्छ । पुँजीबजारमा लगानी गर्ने मानिसहरुको आर्कषण निकै बढेको छ तरपनि पछिल्लो पुँजीबजारको अवस्थालाई हेरेर मानिसहरु लगानी गर्न अझै डराइरहेको अवस्था छ । साथै, अहिलेको बजारमुल्यलाई हेर्दा बणिज्य बैक तथा वित्त कम्पनीको रेसियो खासै राम्रो मान्न सकिदैन् ।
यो समयमा बाणिज्य बैक तथा वित्त कम्पनीमा लगानी गर्न चाहाने लगानीकर्ताको लागि ७ वटा बैक र १० वटा वित्त कम्पनीको सस्तोमा शेयर पाईएको छ । उक्त बैकहरुमा लक्ष्मि बैकको शेयरमुल्य सबैभन्दा न्युन १९४.४ रुपैंया प्रतिकित्ता रहेको छ जबकि यसको शेयर मुल्य गतबर्षको सोहि अवधिमा २९४ रुपैंया प्रतिकित्ता थियो ।
दोस्रोमा हाल न्युन मुल्यमा सिटिजन्स बैंकको शेयर १९५.४ रुपैंया रहेको छ । यसको शेयरमुल्य गतबर्षको यहि अवधिमा २७१.१ रुपैंया प्रतिकित्ता थियो ।
यसैगरी, सनराइज बैकको अहिलेको मार्केट मुल्य १९५.७ रुपैंया प्रतिकित्ता छ तर यसको गत बर्षको यहि अवधिमा २८२.७ रुपैंया प्रतिकित्ता थियो ।
हाल माच्छापच्छे बैंकको शेयरमुल्य प्रतिकित्ता २२४.१ रुपैंया, एनएमबी बैंकको प्रतिकित्ता २३२ रुपैंया, प्राइम कमर्सियल बैंकको २२३ रुपैंया प्रतिकित्ता र प्रभु बैंकको प्रतिकित्ता २०१ रुपैंया रहेको छ ।
नेपालमा यसरी शेयर बजार घट्नुमा मुख्य रुपमा राष्ट्र बैंकले बढाएको व्याजदर नै हो । तर, यो व्याजदर घट्ने भनिएतापनि अहिलेसम्म नघटेकाले बजार उकालो लाग्न नसकेको अन्र्तराष्ट्रिय पुँजीबजार विज्ञ मुक्ति अर्याल बताउछन् । उनले बजारमा तरलता समस्याको हल्ला जति फिजाइएको छ त्यति समस्या नभएको तर राष्ट्र बैंकले लोन दिनमा लगाएका अंकुशले गर्दा बैंकले लोन दिन नपाएको कारण धेरै ठाँउमा समस्या आउनुका साथै बजार पनि माथि उठ्न नसकेको उनको भनाइ छ ।
अर्यालले राष्ट्र बैंकले ल्याएको वर्किङ्ग क्यपिटल पोलिसीले बैंकलाई फुकेर काम गर्न नदिने, व्याजदर बढ्ने र पोलिसी लेबलमा आर्थिक नितिहरु आउने लगाएतका कारणले मार्केट फुक्न नसकेको उनले बताए । तर, मार्केट कुनैबेलमा पनि फर्किन सक्ने उनको विश्वास छ । त्यसैगरी, अहिलेको समय भनेको शेयर बेच्ने, बैंकबाट लोन लिएर लगानी गर्ने भन्दा पनि आफुसंग भएको रकम जति छ त्यसले बजारमा सस्तो शेयर बुझेर लगानी गर्ने, होल्ड गर्ने र आफ्नो पोर्टफोलियो बढाउदै जाने हो भने पछिका लागि राम्रो हुन सक्ने उनको सुझाव छ ।
लगानी गर्न चाहनेका लागि वित्त कम्पनीको शेयरमुल्य कस्तो छ ?
हाल बजारमा ८ सय भन्दा तल मुल्य भएका लघुवित्तहरु १० वटाको हाराहारीमा छन् । जुन कुनै समय १५ सयको हाराहारीमा कारोबार हुने यिनै लघुवित्त अहिले निकै कम मुल्यमा कारोबार भएका छन् । समता लघुवित्त वित्तिय संस्थाको शेयर हाल प्रतिकित्ता ७५४ रुपैंयामा कारोबार भएको छ ।
जुन गतबर्षको यसै अवधिमा प्रतिकित्ता १३८६ रुपैंयामा कारोबार भएको थियो । यस्तै, आरम्भ चौतारी लघुवित्तको शेयर प्रतिकित्ता ७०८ रुपैंयामा कारोबार भइरहेको छ भने गतबर्ष यसै अवधिमा यस कम्पनीको १३१२ रुपैंया प्रतिकित्ता कारोबार भएको थियो ।
त्यस्तै, एनएमबी माइक्रोफाइनान्स वित्तिय संस्थको शेयर हाल प्रतिकित्ता ६७९ रुपैंया रहेको छ । एक बर्ष अघि यसै समयमा यसको शेयर प्रतिकित्ता १२०१.५ रुपैंयामा किनबेच भएको थियो । आरएसडिसी लघुवित्त वित्तिय संस्थाको शेयर अहिले प्रतिकित्ता ४८५.७ रुपैंया रहेको छ । जुन गतबर्षको यसै अवधिमा ६९५ रुपैंया प्रतिकित्ता कारोबार भएको थियो ।
साथै, सस्तो शेयर खरिद गर्न चाहने लगानीकर्ताका लागि सिभिल लघुवित्तको शेयर प्रतिकित्ता ७८० रुपैंया, फष्ट माइक्रोफाइनान्स लघुवित्तको ६०९ रुपैंया, ग्रामिण विकास लघुवित्तको ५९८ रुपैंया, मेरो माइक्रोफाइनान्सको ७७५ रुपैंया, एनआइसी एसिया लघुवित्तको प्रतिकित्ता ७२० रुपैंया र सुर्येदय वमी लघुवित्तको ७१४ रुपैंयामा कारोबार भएको छ ।
बजार माथि उठ्नको लागि आगामी समयमा बन्ने नयाँ अर्थमन्त्रीमा भर पर्ने पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल बताउछिन् । उनले आगामी बन्ने नयाँ अर्थमन्त्री बजारप्रति कत्तिको सकारात्मक धारणा भएको, बजारलाई नजिकबाट बुझेको आउनु हुन्छ कि हुन्न भन्ने कुराले अबको मार्केटले अर्थ राख्ने उनले बताइन् ।
साथै, लगानीकर्ताले घट्दो बजारलाई निहालेर सस्तो शेयर बैंकबाट लोन नलिइकन आफुसँग जति छ लगानी गर्यो भने लामो समयका लागि निकै लाभदायी हुने उनले बताईन् । पोख्रेलले लामो समय तथा छोटो समयका लागि लगानी गर्ने लगानीकर्ताहरुलाई घट्दो बजारमा विचलन नभइ आफुसँग भएको ५० प्रतिशत लामो समयको लगानीका लागि छुट्याउने र ५० प्रतिशत बिचतिरको समयका लागि लगानी गर्न छुट्याउने हो भने त्यसले जता लगेर लगानी गर्न पनि सकिन्छ । दिनानुदिन बजार अप डाउन भइरहेको हुन्छ त्यसका लागि १० प्रतिशत छुट्याउदा आफुलाई दैनिक खर्च जुटाउन सकिने उनको सुझाब छ ।
Comment