लाभांश पारित गर्न स्टान्डर्ड चार्टर्ड बैंकको साधारण सभा आज बस्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लाभांश पारित गर्न स्टान्डर्ड चार्टर्ड बैंकको साधारण सभा आज बस्दै



काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकको साधारण सभा आज बस्ने भएको छ। बैंकको ३६औं वार्षिक साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा दिउँसो १ बजेदेखि बस्ने भएको हो ।

सभामा गत वर्षको नाफाबाट लगानीकर्तालाई दिन प्रस्ताव गरिएको १६.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

साथै, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा पनि छलफल हुनेछ । प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव रहेको छ । सभा प्रयोजनका लागि मंसिर ७ गते बुक क्लोज गरिसकेको छ ।

प्रकाशित : २५ मंसिर २०७९, आईतवार १०:५१