काठमाडौं । जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विस्तारीत मञ्च सदस्य शिक्षा अन्तरक्रियात्मक कार्यक्रम अन्र्तगत ‘सदस्यसंग जेष्ट आइडियोलोजी साकोस’ सम्पन्न गरेको छ । संस्थाले तीनवटै कार्यालयका सदस्यहरुबीच हार्दीक होटल बागबजारमा उत्प्रेरणामुलक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको हो ।
जसमा प्रधान कार्यालय न्यूरोड काठमाडौंका १५०, सेवाकेन्दहरु मैतिदेवीका १५० र काँडाघारीका १०० जना गरी जम्मा ४०० जना सदस्यहरुका बीच आयोजना गरिएको थियो । कलाकार एंव उत्पे्ररक वक्ता सन्दीप क्षेत्रीले कार्यक्रममा सहकारीको भूमिका, सदस्यहरुको जिम्मेवारी लगाएत वित्तिय क्षेत्रको विषयमा उत्प्रेरणामूलक मन्तव्य प्रस्तुत गरेका थिए ।
त्यस्तै, विभिन्न पेशा, व्यवसाय र उद्यमहरु संचालन गरेका सदस्यहरुले संस्थाको वित्तिय अवस्था र हाल सस्थाले दिएको सेवाप्रति आफूहरु सन्तुष्ट रहेको भन्दै संस्थाको कारोवारप्रति पनि आफूहरु नजिक रहेर सहकार्य गरीरहेको बताए ।
संस्थाका अध्यक्ष हेम ब. कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष कार्कीले संस्थाले सहकारी क्षेत्रमा विश्वसनियता कमाएको उल्लेख गर्दै सदस्यहरुसंग सदैव पारिवारीक सम्बन्ध कायम गरेकै कारण संस्थाले स्थापनाको १३ वर्ष पूरा गर्दा दुई अर्ब ३८ करोडको कारोबार गर्न सफल भएको बताए ।
कार्यक्रममा संस्थाका सस्थापक एवं निवतर्मान अध्यक्ष राम प्र. आचार्यले संस्थाको सफलताको प्रमुख सूचक नै सदस्यहरुसंगको प्रगाढ सम्बन्ध कुशल व्यवस्थापन रहेको तर्क गरे भने संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक मोहन बहादुर बुढाथोकीले संस्थाका आधारभुत लेखानिती अनुसार संस्थाले सदस्यहरुसंग कारोवार गर्दै आएको र सदस्यहरुलाई पारदर्शिक रुपमा संस्थाको वित्तिय अवस्थाको बारेमा जानकारी दिए ।
त्यसैगरी, गत भदौ मसान्तमा १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको जेष्ट आइडियोलोजी साकोसले १ अर्ब ६६ करोड निक्षेप संकलन गरी २ अर्ब ४ करोड कर्जा लगानी गरेको छ । १० करोड ३६ लाख शेयर पूँजी रहेको संस्थामा विभिन्न कोषहरुमा १६ करोड ६६ लाख रहेको छ भने आर्थिक वर्ष २०७८÷०७९ मा ६ करोड ९ लाख रुपैया मुनाफा आर्जन गरेको छ ।
संस्थाको साधारण सभा पश्चात पनि सदस्यहरुको अपनत्त्त भावनाहरुको बिकाश गर्न संस्थाले बिभिन्न समयमा विस्तारीत मञ्च कार्यक्रम गर्ने योजना अनुरुप उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ ।
Comment