प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने



काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्न लागेका हुन्।

उक्त संस्थापक खरिदका लागि इच्छुक सर्वसाधारणले सोमबारदेखि आवेदन दिन सक्नेछन्। शेयर खरिद गर्न चाहनेले १५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।

शेयर बिक्री गर्न चाहने संस्थापक शेयरधनीको नाम र बिक्री मूल्यका सम्बन्धमा कम्पनी सचिवको कार्यालयमा बुझ्न सकिने बैंकले जनाएको छ।

यसअघि बैंकले उक्त शेयर खरिद गर्न विद्यमान संस्थापक शेयरधनीहरुका लागि ३५ दिनको समय दिएको थियो। तर, त्यस अवधिमा कुनै पनि संस्थापकबाट खरिद आवेदन नपरेपछि बैंकले सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

प्रकाशित : 5 December, 2022 12:06 pm