एनएमबि बैंकको साढे ४४ हजार कित्ता सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनएमबि बैंकको साढे ४४ हजार कित्ता सेयर बिक्रीमा



काठमाडौं । एनएमबि बैंकले संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको सेयर लिलाम बढाबढ प्रक्रियाद्वारा बिक्री गर्ने भएको हो । बैंकले मंसिर २६ गतेदेखि पुस ४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ ।

बैंकको संस्थापक समूहतर्फको ४४ हजार ७६१ कित्ता सेयर संस्थापक समूहमा नै रहने गरी लिलाम बढाबढद्वारा बिक्री गर्न बैकको संचालक समितिको निर्णय भएको हो । उक्त सेयर लिलाम बढाबढको माध्यमबाट विद्यमान संस्थापक तथा अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिनेछ । उक्त सेयरहरू खरीद गर्न ईच्छुक संस्थापक सेयरधनी, व्यक्ति तथा संगठित संस्थाले पुस ४ गतेभित्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा आइपुग्ने गरी आफूले चाहेको मूल्य तोकी आवेदन दिनुपर्नेछ ।

बैंकको उक्त सेयर बिक्रीको लागि प्रस्ताव गरिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८० रुपैयाँ रहेको छ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

प्रकाशित : १९ मंसिर २०७९, सोमबार ११:३२