इन्भेष्टमेन्ट बैंकको साधारणसभा पुस ७ मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

इन्भेष्टमेन्ट बैंकको साधारणसभा पुस ७ मा



काठमाडाै‌ । मर्जर प्रक्रियामा रहेका नेपाल इन्भेष्टमेन्ट बैंकले साधारणसभा मिति तय गरेको छ । बैंकले पुस ७ गते साधारणसभा गर्ने भएको हो ।

बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर २१ देखि मङ्सिर २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर ७ प्रतिशत नगद लाभांश गरि कुल ११ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख रहेको छ । बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

हाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्जर प्रक्रियामा छन् । मेगा बैंकले पनि लाभांश घोषणा गरिसकेको छ । मेगा बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र ३.८३ प्रतिशत नगद लाभांश गरि कुल ७.८३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रकाशित : १२ मंसिर २०७९, सोमबार १३:२३