राष्ट्र बैंकले १६ अर्ब ६३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकले १६ अर्ब ६३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार (आज) १६ अर्ब ६३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ अवधिको ३ अर्ब १३ करोड रुपैयाँ र १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ७ अर्ब ५० करोड गरी कुल १६ अर्ब ६३ करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिको ट्रेजरी आगामी फागुन १६ गते परिपक्व हुनेछ । १८२ दिन अवधिको ट्रेजरी २०८० जेठ १६ गते ३६४ दिन अवधिको ट्रेजरी २०८० मंसिर १२ गते परिपक्व हुनेछ । यसअघि बैंकले २० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सोझै बोलबबोल गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो २ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।

प्रकाशित : १२ मंसिर २०७९, सोमबार १२:५९