एक सातामा चार अर्ब निक्षेप थपियो, कर्जा लगानी कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एक सातामा चार अर्ब निक्षेप थपियो, कर्जा लगानी कति ?



काठमाडौं । एक सातामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ। नेपाल बैंकर्स संघ (एनबिए)का अनुसार मंसिर ९ गते सम्म वाणिज्य बैंकको निक्षेप ४ अर्बले बढेको हो।

योसँगै मंसिर ९ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर २ गतेसम्म कुल निक्षेप ४५ खर्ब ५८ अर्ब रुपैयाँ थियो।

मंसिर यता भने वाणिज्य बैंकहरुको निक्षेप १ अर्ब रुपैयाँले घटेको छ। गत कात्तिक मसान्तसम्म कुल निक्षेप ४५ खर्ब ६३ अर्ब रुपैयाँ थियो।

त्यस्तै, यो एक साताको अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि ३ अर्ब रुपैयाँले बढेको छ। गत मंसिर २ गतेसम्म कुल कर्जा लगानी ४२ खर्ब १९ अर्ब रुपैयाँ रहेकोमा मंसिर ९ गतेसम्म बढेर ४२ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ।

मंसिर यता भने बैंकहरुको कर्जा लगानी स्थिर देखिएको छ। गत कात्तिक मसान्तसम्म पनि कुल कर्जा लगानी ४२ खर्ब २२ अर्ब रुपैयाँ नै थियो।

निक्षेप बढेसँगै वाणिज्य बैंकहरुको औसत सीडी रेसियोमा पनि सुधार आएको छ। गत मंसिर २ गतेसम्म औसत सीडी रेसियो ८६.९१ प्रतिशत रहेकोमा मंसिर ९ गतेसम्म ८६.८६ प्रतिशतमा झरेको छ।

प्रकाशित : ११ मंसिर २०७९, आईतवार १७:०३