मौद्रिक नीतिको पहिलो समीक्षा आजै सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मौद्रिक नीतिको पहिलो समीक्षा आजै सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्र बैंक स्रोतका अनुसार सम्भवतः आजै मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक हुने जनाएको छ।

स्रोतका अनुसार मौद्रिक नीतिको समिक्षाका लागि आवश्यक पर्ने सबै विषयहरु तयार भईसकेको र अब केन्द्रिय बैंकको बोर्ड बैठकले पारित गर्नुपर्ने भएकाले आज ४ बजे पछि बोर्ड बैठक डाकिएको छ। बोर्डबाट पारित भएपछि आजै समीक्षा सार्वजनिक गर्ने तयारी गरेकाे जनाएकाे छ ।

स्रोतका अनुसार मौद्रिक नीतिको पहिलो समीक्षा गभर्नर महाप्रसाद अधिकारीले भर्चुअल माध्यमबाट गर्ने सम्भावना छ। ‘पत्रकार सम्मेलन गरेर समीक्षा सार्वजनिक हुने छैन’, स्रोतले भन्यो, ‘समीक्षा सार्वजनिक भएपछि बरु पत्रकार सम्मेलन हुन सक्ला।’

मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत बैंकहरुको ब्याजदरलाई थप बढ्न नदिने तथा केही नीतिगत व्यवस्थामा फेरबदल हुुनसक्ने बताइएकाे छ।

प्रकाशित : ११ मंसिर २०७९, आईतवार १३:४६