पुस १ देखि सहकारी डिप्लोमा कोर्ष सञ्चालन हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थबजार स्टोरी

पुस १ देखि सहकारी डिप्लोमा कोर्ष सञ्चालन हुने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

राष्ट्रिय सहकारी महासंघ र काठमाडौं विश्वविद्यालय बिच डिप्लोमा इन को-अपरेटिभ म्यानेजमेन्ट कोर्ष सञ्चालन गर्ने विषयमा सम्झौता भएको छ ।

२०७९ पुस १ बाट सुरु हुन लागेको सहकारी व्यवस्थापन सम्बन्धी डिप्लोमा कोर्ष काठमाडौं विश्वविद्यालयका विज्ञ प्राध्यापकहरुद्वारा सञ्चालन गरिनेछ । शुक्रबार महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका डिन प्रा.डा. देवी विडारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार काठमाडौं विश्वविद्यालयले विश्वविद्यालयको सिकाई अध्यापन शास्त्रमा आधारित कार्यक्रम पद्धतिलाई अनुशरण गरेर कोर्ष संचालन गर्नेछ ।

महासंघका महाप्रबन्धक सुब्बाले सहकारी संघ/संस्थाहरुमा दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादन गरी अब्बल रुपमा संचालन गर्नका लागि यो कोर्ष कोशेढुङ्गा सावित हुने बताईन । नेपालमा पहिलो पटक विश्वविद्यालयको सहकार्यमा सहकारीको डिप्लोमा कोर्ष संचालन हुन लागेको बताउँदै महाप्रबन्धक सुब्बाले यस अघि नेपालबाट सहकारीको डिप्लोमा गर्नका लागि भारत जानुपर्ने बाध्यता अब अन्त्य भएको बताईन ।

‘तीन महिने कोर्ष पुरा गरेपछि विश्वविद्यालयले प्रमाणित गर्ने सट्टिफिकेट हुने भएकाले यसमा आकर्षण बढेको छ’, उनले भनिन्, ‘पहिलो पल्ट सिमित सिटमा कोर्ष पाइलटिङका रुपमा संचालन गर्न लागिएको सो कोर्षको पहिलो ब्याजका लागि आवेदन दिनेको संख्या उत्साहप्रद छ ।’

कार्यक्रकममा वोल्दै डिन वेडारीले महासंघसँग मिलेर सहकारी व्यवस्थापन सम्वन्धी दक्ष जनशक्ति निर्माण गर्ने कोर्ष संचालन गर्न पाएकोमा प्रशन्नता व्यक्त गरे । विश्वविद्यालयले यस्तो सम्झौता गरेर कोर्ष संचालन गरेको यो पहिलो पटक भएको बताउनुभयो । केयुका उद्यमशिलता तथा मार्केटिङ विभागका प्रमुख डा विनोद कृष्ण श्रेष्ठले प्राज्ञिक विषयवस्तुका साथै समुह कार्य र इन्टरसिशप लगायतका प्रयोगात्मक विधिबाट सो कोर्ष अध्यापन गराइने बताए ।

पहिलो ब्याजमा ३० जनाको सिट रहेको महासंघले जनाएको छ । महासंघले यस अघि पनि काठमाडौं विश्वविद्यालयसँग मिलेर कोर्ष डिजाइन गर्नेदेखि गरीविनिवारणमा सहकारीको योगदान सम्वन्धी अध्ययन अनुसन्धान कार्यसमेत सम्पन्न गरेको छ ।

प्रकाशित : ९ मंसिर २०७९, शुक्रबार १९:५५ 25 November, 2022 7:55 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।