समानुपातिकमा एमाले र कांग्रेसको मत एक लाख नाघ्यो , तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

समानुपातिकमा एमाले र कांग्रेसको मत एक लाख नाघ्यो , तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी



काठमाडाैं । प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ नेकपा एमाले र नेपाली कांग्रेसले पाएको मत एक लाख नाघेको छ ।

एमालेको समानुपातिक मत एक लाख १७ हजार पुगेको छ। नेपाली कांग्रेसले एक लाख ६७७ मत पाएको छ ।

समानुपातिक तर्फ तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी आइपुगेको छ। स्वतन्त्र पार्टीले ५० हजार ७९० मत पाएको छ।

चौथो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) ले ४४ हजार ३३६ मत पाएको छ। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले २८ हजार २७७ मत पाएको छ।

नेकपा (एकीकृत समाजवादी) को समानुपातिकतर्फको मत न्यून देखिएको छ। एकीकृत समाजवादीले अहिलेसम्म समानुपातिकतर्फ पाँच हजार ६९३ मत मात्रै पाएको छ।

प्रकाशित : 22 November, 2022 6:50 pm