एक महिनामा वाणिज्य बैंकहरुको निक्षेप १६ अर्बले बढ्यो, सीडी रेसियोको अवस्था कस्तो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एक महिनामा वाणिज्य बैंकहरुको निक्षेप १६ अर्बले बढ्यो, सीडी रेसियोको अवस्था कस्तो ?



कात्तिक महिनामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ। कमर्शियल बैंकका सीइओहरुको छाता संगठन नेपाल बैंकर्स संघ, एनबिएका अनुसार कार्तिक महिनामा कमर्शियल बैंकको निक्षेप १६ अर्बले बढेको हो।

असोज मसान्तमा बैंकहरुको निक्षेप ४५ खर्ब ४७ अर्ब रहेकोमा कार्तिक मसान्तसम्म आईपुग्दा बैंकहरुको निक्षेप बढेर ४५ खर्ब ६३ अर्ब पुगेको छ । यस अवधिमा बैंकको कर्जा प्रवाह भने २ अर्ब मात्रैले बढेको छ । असोज मसान्तमा बैंकहरुको कुल कर्जा प्रवाह ४२ खर्ब २० अर्ब रहेकोमा कार्तिक मसान्तसम्ममा बैंकहरुको कर्जा २ अर्बले बढेर ४२ खर्ब २२ अर्ब पुगेको छ ।

कार्तिक महिना अन्तिम ५ दिनमा नै बैंकहरुको निक्षेप १७ अर्बले बढेको छ । कार्तिक २५ गते बैंकहरुको निक्षेप ४५ खर्ब ४६ अर्ब रहेकोमा कार्तिक ३० गतेसम्ममा बैंकहरुको निक्षेप १७ अर्बले बढेर ४५ खर्ब ६३ अर्ब पुगेको हो । यस आवधिमा कर्जा प्रवाह भने ४२ खर्ब २२ अर्ब मै स्थिर छ ।

त्यस्तै कार्तिक मसान्तसम्म तथ्यांक अनुसार बैंकहरुको औसत सिडी रेसियो ८७.१९ प्रतिशत रहेको छ ।

प्रकाशित : ६ मंसिर २०७९, मंगलवार १५:०५