नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार मंगलबारदेखि सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार मंगलबारदेखि सुरु



नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार मंगलबारदेखि सुरु भएको छ । मर्जर प्रक्रियाका कारण लामो समयदेखि रोक्का रहेको सेयर कारोबार मंगलबारदेखि पुनः सुरु भएको हो । नेप्सेले यी दुई बैंकको आधारभूत सेयरधनी बाहेक अन्यको सेयर कारोबार शुक्रबार फुकुवा गरेकोे थियो । मर्जर सम्झौता हुनुअघिको अन्तिम कारोबार भाउलाई आधार मानेर दुवै बैंकको सेयर कारोबार सुरु भएको हो ।

नेप्सेले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ मा भएको आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने व्यवस्था अनुसार यी दुई बैंकको सेयर कारोबार फुकुवा गरेको हो । यी दुई बैंकले मर्जरका लागि सम्झौत गरेपछि गत जेठ ३० गतेदेखि सेयर कारोबार रोक्का रहेको थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले १००ः९० सेयर स्वाप रेसियोमा मर्ज हुन सम्झौता गरेका छन् । अर्थात्, मेगा बैंकको १०० कित्ता हुने सेयरधनीले मर्जरपछि बन्ने बैंकको ९० कित्ता सेयर प्राप्त गर्नेछन् । मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाममा एकीकृत कारोबार हुनेछ । यी दुई बैंकलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ । यद्दपि, एकीकृत कारोबार भने हुन बाँकी छ ।

धितोपत्र बोर्डले मर्जर तथा एक्विजिसनमा रहेका कम्पनीहरुको सेयर कारोबार बढीमा १५ दिनसम्म मात्र रोक्का गरिने नयाँ प्रावधान लागू गरेसँगै यसअघि रोक्कामै रहेका यी दुई कम्पनीको मंगलबारबाट नेप्सेमा कारोबार खुला भएको हो ।

प्रकाशित : ६ मंसिर २०७९, मंगलवार १३:०२