नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार फुकुवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार फुकुवा



काठमाडाैं । मर्जर प्रक्रियामा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले मङ्सिर १ गतेको निर्णय अनुसार दुवै बैंकको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । नेप्सेले आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ‘ बमोजिम दुवै बैंकको शेयर कारोबार फुकुवा भएको हो । यस निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा जाने कम्पनीको शेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था गरिएको छ ।

दुवै बैंकले हालै मात्र लाभांश घोषणा गरेका छन् । दुवै बैंकको मंगलबार बसेको संचालक समितिको बैठकलेआर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

जस अनुसार इन्भेष्टमेन्ट बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर ७ प्रतिशत नगद लाभांश गरि कुल ११ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै मेगा बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र ३.८३ प्रतिशत नगद लाभांश गरि कुल ७.८३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ लाख ४ करोड रहेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र दुवै बैंकको आ-आफ्नो साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

प्रकाशित : २ मंसिर २०७९, शुक्रबार १५:३७