राष्ट्रिय बिमा कम्पनीको खुद नाफा १३.२५ प्रतिशतले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्रिय बिमा कम्पनीको खुद नाफा १३.२५ प्रतिशतले घट्यो



काठमाडौं । राष्ट्रिय बिमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिसम्म आइपुग्दा ५ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा १३.२५ प्रतिशतले थोरै हो ।
गत वर्ष यस कम्पनीले ६ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले कर्जा तथा अन्य लगानीबाट यो त्रैमासमा ८ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यसले कर्जा तथा अन्य लगानीबाट ६ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

असोज मसान्तसम्ममा कम्पनीको बिमा कोषको आकार ९.४५ प्रतिशतले बढेर २ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यसको बिमा कोषमा २ अर्ब ४६ करोड रुपैयाँ रहेको थियो ।

यस अवधिमा १५ करोड ८२ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको कम्पनीले गत वर्ष ७ करोड ३६ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

हाल राष्ट्रिय बिमा कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको छ । यस कम्पनीको रिजर्भ कोषमा ३ अर्ब ४१ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ २० पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ १ हजार ३७९ रुपैयाँ ७० पैसा छ ।

प्रकाशित : २९ कार्तिक २०७९, मंगलवार ११:२३