ब्रोकर लाइसेन्स, नयाँ स्टक र वस्तु विनिमय बजारकाे लाइसेन्स रोक्न परेको रिट ‘हेर्न नभ्याइने’मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
११ मंसिर २०८३, शुक्रबारFriday, November 27, 2026

Feature News

ब्रोकर लाइसेन्स, नयाँ स्टक र वस्तु विनिमय बजारकाे लाइसेन्स रोक्न परेको रिट ‘हेर्न नभ्याइने’मा

काठमाडौं । सर्वोच्च अदालतमा ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजारकाे लाइसेन्स वितरण कार्य रोक्न परेको रिटमा आज सुनुवाइ नहुने भएको छ। अदालतले उक्त मुद्दालाई ‘हेर्न नभ्याइने’मा राखिएको छ।

न्यायधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासमा आज यो मुद्दाको पेसी तोकिएको थियो। न्यायधीशद्वयको अर्को पनि इजलास तोकिएकोले आज यो मुद्दामा बहस गर्न नभ्याइने सर्वोच्च अदालतले जनाएको छ। अब अदालतले यो मुद्दाको सुनुवाइका लागि अर्को मिति तोक्नेछ।

अधिवक्ता दीपक विक्रम मिश्रले गत असोज ३१ गते सेबोनले सुरु गरेको व्यापारिक लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए।

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै गत कात्तिक ४ गते न्यायधीश तिल प्रसाद श्रेष्ठको एकल इजलाशले लाइसेन्स वितरणको कार्य तत्काल अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो। श्रेष्ठको इजलाशले आज दुवै पक्षलाई छलफलका लागि डोकेको थियो।

अधिवक्ता मिश्रले दायर गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई विपक्षी बनाइएको छ।

सेबोनले गत असोज २ गते नयाँ लाइसेन्स वितरणका लागि आवेदन खुला गरेको थियो। सर्वोच्चको आदेशपछि सेबोनले गत कात्तिक १५ गते सूचना जारी गर्दै लाइसेन्स वितरणको प्रक्रियालाई यथास्थितिमा राख्ने निर्णय गरेको थियो।

प्रकाशित : २२ कार्तिक २०७९, मंगलबार १५:५० 8 November, 2022 3:50 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।